– विमल योगी
काठमाडौं, १४ मंसिर । सत्तारुढ दल, प्रतिपक्षी कांग्रेस र मधेसी मोर्चाबीच पहिलोपटक बालुवाटार बसिरहेको बैठकबाट उपप्रधान तथा रक्षामन्त्री भीम रावल बाहिरिएका छन् ।
बैठकबाट बाहिरिँदै उपप्रधानमन्त्री रावलले आजको वार्ताबाट समाधान ननिस्कने संकेत गर्नुभयो । उहाँले भन्नुभयो- सबै पक्षले आ–आफ्नो धारणा राखिरहनुभएको । मधेसी मोर्चा लचिलो देखिएन् । सहमतिको वातावरण बनाउने प्रयास सत्ता पक्षबाट जारी छ ।
बैठकमा सहभागी भएका मन्त्री रावलले आफ्ना कुरा राखेका थिए । त्यसपछि उनी पूर्वनिर्धारित कार्यक्रमहरुमा सहभागी हुन् बैठकबाट बाहिरिएका थिए । मन्त्री रावलका अनुसार मोर्चा आफ्नो अडानमा टसको मस नहुँदा सहमति संकेत देखिएको हो ।
बालुवाटार स्रोतका अनुसार मोर्चालाई सहमतिमा ल्याउन अहिले एमाओवादी अध्यक्ष प्रचण्डले मनाउने प्रयास गरिरहेका छन् । मधेस आन्दोलन सुरु हुँदा देखिनै मन्त्री रावल मधेसी मोर्चाविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका छन् ।













प्रतिक्रिया