काठमाडौं, १४ मंसिर । मधेस आन्दोलन र भारतीय नाकाबन्दीबाट देशलाई निकास दिन प्रतिपक्षी कांग्रेससहित प्रमुख दलहरु र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको वार्तामा मधेस आन्दोलनमा उठेका मागहरु सम्बोधन गर्ने विषयमा छलफल हुने बताइएको छ । विशेषगरी सीमांकनलाई आयोगबाट टुंग्याउने वा राजनीतिक रुपमै सामाधान गरी अगाडी बढ्ने विषयमा मोर्चासँग वार्ता हुन लागेको हो ।
सीमांकनका विषयमा यी विकल्प मोर्चाले माने आजको वार्ता निर्णायक हुनसक्छ । अन्य मागहरु सहजै पुरा गर्न सरकार तयार छ । आजको वार्तामा प्रचण्डले सीमांकनबारे साझा प्रस्ताव राख्दैछन् ।
आजको वार्तामा आन्दोलनरत मधेसी मोर्चाबाट अशोक राई, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, रामनरेश राय, लालबहादुर राउत सहभागी छन् । कांग्रेसको तर्फबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र नेता शेरबहादुर देउवा सहभागी छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु वार्तामा छन् ।
सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कमल थापा सहभागी छन् ।













प्रतिक्रिया