२२ कार्तिक २०८३, आइतबार

वार्तामा बस्नुअघि मधेसी मोर्चाले तयार पार्‍यो अनौठो शर्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barta-vanga-morchaकाठमाडौं, १४ मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तीनदल सँगको वार्तामा बस्नुअघि अनौठो शर्त सार्वजनिक गरेको छ ।

आज विहान तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले मधेस आन्दोलनबारे मन्त्रीहरुलाई जथाभावी नबोल्न लगाउने शर्त अगाडी सारेको हो । मोर्चाले सरकारका मन्त्रीहरुलाई सेना परिचालन गर्ने, मधेस आन्दोलन भारतको हो लगायतका भाषणबाजी बन्द गर्न लगाउने निर्णय गरेको सदभावना पार्टीका महासचिव मनिष सूमनले जानकारी दिनुभयो ।

बैठकमा सेना परिचालन गर्ने र अन्य अभिव्यक्तिले आन्दोलनकारीलाई थप उत्तेजित बनाएको भन्दै जथाभावी भाषणबाजी नगर्न मन्त्रीहरूलाई सम्झाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह समेत गर्ने निर्णय भएको छ ।

वार्तालाई परिणाममुखी बनाउनका लागि सरकार संयमित र लचिलो रुपमा प्रस्तुत हुनुपर्ने तमलोपाका अध्यक्ष महन्थ ठाकुरले बताउनुभयो । बैठकमा मोर्चाका दोस्रो तहका नेताहरुको सहभागिता थियो । मोर्चाले आफ्नो मुख्य बटमलाईन सीमांकन नै भएकाले त्यसमा कुनै पनि सम्झौता नगर्ने निर्णय समेत गरेको छ । यसैबीच सोमबारै  मोर्चाका शीर्ष नेताहरुको बैठक विराटनगरमा बसेको थियो ।