२२ कार्तिक २०८३, आइतबार

विराटनगरमा मधेसी मोर्चाको बैठक सुरु, राजधानीमा तीन दल र मोर्चाको वार्ता चल्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, १४ मङ्सिर । संयुक्त मधेसी मोर्चाका शीर्ष नेताको बैठक भर्खरै विराटनगरमा सुरु भएको छ ।

मोर्चाको वर्तमान आन्दोलन, आन्दोलनका विकल्प र सरकारसँगको वार्ताको समीक्षा र वार्ता गर्ने सम्बन्धमा सो बैठकमा छलफल तथा निणर्य हुने बताइएको छ ।

बैठकमा मोर्चा सम्बद्ध सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस सद्भावना पार्टीका महेन्द्र राय यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तमलोपाका महामन्त्री सर्वेनाथ शुक्लालगायतको सहभागिता छ ।

सद्भावना पार्टीका अध्यक्ष महतोले सरकारसँगको वार्ता र आन्दोलनका विषयमा आजको बैठक केन्द्रित हुने बताउनुभयो ।

यसैबीच राजधानीमा तीन दल मधेसी मोर्चाको वार्ता बसिरहेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकमा मधेसी मोर्चाका तर्फबाट दोस्रो तहका नेतामात्रै सहभागी छन् । रासस