काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री केपी ओलीले मधेस आन्दालनका विषयमा छलफल गर्न सत्तारुढ दल, मधेसी मोर्चा र नेपाली कांग्रेससहितको संयुक्त बैठक बोलाउनु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मधेसी मोर्चाले उठाएका मागका विषयमा छलफल हुनेछ ।
मधेसी मोर्चाको आन्दोलनलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीले आफै तदारुकता देखाउनु भएको हो ।
कांग्रेस र मधेसी मोर्चाले बालुवाटार बैठकमा सहभागी हुने जनाएका छन् ।
विगत तीन महिनादेखि लगातार आन्दोलन गर्दै आएको मधेसी मोर्चाका कारण भारतले नाकाबन्दी लगाएपछि मुलुकको अर्थव्यवस्था तहसनहस भएको छ । बैठक बिहान एघार बजेपछि बस्ने कार्यक्रम छ ।












प्रतिक्रिया