२२ कार्तिक २०८३, आइतबार

कांग्रेस पदाधिकारीको बैठक जारी, कोइराला र भारतीय राजदूतबीच गोप्य भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-meetingकाठमाडौं, १३ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्था, मधेसी र थारुको आन्दोलनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीकोहरुको बैठक बसिरहेको छ ।

अहिले केही समयपछि सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा जारी बैठकमा मधेस आन्दोलन र भारतीय नाकाबन्दीका विषयमा छलफल हुनेछ ।

बैठकमा मधेसी र थारुका मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ ।

यसअघि आजै नेपालका लागि भारतीय राजदूत रञ्जीत रायले कांग्रेस सभापति कोइरालासँग भेटवार्ता गर्नुभएको थियो । उहाँहरुका बिच कोइराला निवास महाराजगञ्जमा भेटवार्ता भएको हो ।