काठमाडौं, १३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बैठक अपराह्न पाँच बजे बस्दैछ ।
सभापति सुशील कोइराला अमेरिकाबाट फर्किएपछि पहिलोपटक कांग्रेस केन्द्रीय पदाधिकारी बैठक बस्न लागेको हो । कोइराला निवास महारागञ्जमा बस्ने बैठकमा मधेस आन्दोलन र भारतीय नाकाबन्दीबारे छलफल हुने प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
उक्त बैठक कोइरालाले नै बोलाएका हुन् । उनले भने- ‘मधेस आन्दोलनका माग कसरी सम्बोधन गर्ने र नाकाबन्दी खोल्न कसरी अगाडि बढ्ने विषयमा छलफल गरी पार्टीले आधिकारिक धारणा बनाउँछ । बैठकमा केन्द्रीय नेताहरुलाई बोलाइएको छ ।’
अमेरिकाबाट फर्किएपछि सभापति एवं पूर्वप्रधानमन्त्री कोइराला वर्तमान समस्या समाधानका लागि सक्रिय भएका छन् ।












प्रतिक्रिया