२२ कार्तिक २०८३, आइतबार

भगौडा प्रहरी जवान ठाकुरलाई पक्रन खोज्दा यसरी गोली चल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol-Gunकाठमाडौं, १३ मंसिर । काठमाडौंको सुन्धारास्थित एक गेष्ट हाउसमा भगौडा प्रहरीका जवानलाई पक्राउ गर्ने क्रममा गोली चलेको छ ।

आज (आइतबार) बिहान सुन्धाराको लुम्बिनी पाहुना घरमा हतियारसहित बसेका बारा बरियारपुरका छोटेलाल ठाकुरलाई पक्राउ गर्न खोज्दा फायर गरेपछि गोली चलाएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

ठाकुर रौतहट जिल्लामा नेपाल प्रहरी सेवारत रहँदा एसएलआर लिएर भागेका थिए । उनको खोजी भइरहेको थियो ।

लुम्बिनी पाहुना घरको २०२ नम्बर कोठामा बसेका ठाकुरलाई पक्राउ गर्न प्रहरीले ढोका खोल्न लाग्दा प्रहरीमाथि फायर गरेका थिए ।

त्यसपछि उनको घुँडामा प्रहरीले गोली हानेको जनाएको छ ।

भगौडा प्रहरी ठाकुरको घुँडामा २ गोली लागेको छ । उनलाई वीर अस्पतालमा उपचारका लागि लगिएको छ । प्रहरी सेवाबाट भागेका ठाकुरले नेपाल र भारत दुबैतर्फ आतंक मच्चाउँदै आएका थिए ।

ठाकुरको साथबाट प्रहरीले चाइनिज पेस्तोल र कटुवा पेस्तोलका साथै ७ राउण्ड गोली बरामद गरेको नायव उपरीक्षक किरणजंग थापाले जानकारी दिनुभयो ।

२०६७ सालमा हतियार लिएर फरार भएका ठाकुरले १ वर्षजति घरमै लुकाएर राखेको र पछि भारतीय नागरिक सुनिल जैसवाललाई बेचेका थिए । जैसवाल भने यसअघि बारामा पक्राउ परिसकेका छन् ।