२२ कार्तिक २०८३, आइतबार

‘विप्लव’ माओवादीको बन्दमा जे देखियो (तस्बिरसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं, १३ मंसिर । भारतीय नाकाबन्दीको विरोध र जनतालाई बैकल्पीक व्यवस्थामार्फत सहज आपूर्तिको माग गरेर नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले बन्द सफल बनाउन राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न स्थानमा माओवादीका कार्यकर्ताले सडक अबरोध गरेका छन् । उनीहरूको अबरोधका कारण सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ ।

यद्यपि, नेकपा माओवादीले आफूहरूको बन्द भारतीय नाकाबन्दी र भारतीय दलालहरूविरुद्ध रहेको भनदै नेपाली जनताको अधिकारका लागि बन्द आह्वान गरिएको जनाएको छ ।

नेकपा माओवादी भक्तपुरका इञ्चार्ज तिलक मल्ल ‘क्षितिज’ले आफूहरूको बन्दले केही कठिनाइ भए पनि जनताले राष्ट्र र राष्ट्रियताको पक्षमा हुने सबै प्रकारका आन्दोलन साथ दिने बताउनुभयो ।

‘हामीले दलाल सरकारलाई दबाव दिन र जनताको आधारभूत आवश्यक्ता पूर्ति गर भनेर दबाव दिन नेपालबन्द आह्वान गरेका हौँ’, उहाँले भन्नभयो, ‘आजको बन्द हाम्रो आफ्नै मौलिक प्रकारको हुनेछ ।’

नेकपा माओवादीले अघिल्लो पटकमा गरिए जस्तो कडा खालको बन्द नगरेको दाबी गरेको छ । बन्द भए पनि राजधानीमा छिटफुट सवारी साधन चलेका छन् ।

बन्द सफल बनाउन नेकपा माओवादीले कलंकी, कालीमाटी, बल्खु, चाबहिल, कोटेश्वर, लगनखेल, सूर्यबिनायकलगायतका दर्जनौ स्थानमा आफ्ना कार्यकर्तालाई उतोको छ ।

ती स्थानमा विभिन्न नेताहरूलाई कमाण्डिङ्को जिम्मेवारी पनि दिएको छ ।

विप्लव माओवादीले भारतीय नम्वर प्लेटका सवारी साधनलाई भने निशाना बनाउने चेतावनी दिएको छ ।

20151129_065000 20151129_065005 20151129_065015 20151129_065024 20151129_065030 20151129_065047 20151129_065238 20151129_065426 20151129_065451 20151129_065519 20151129_065523 20151129_065530 20151129_065536 20151129_065550
b3

bbb