काठमाडौं, १२ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भारतीय हस्तक्षेप भएको र बैठकल्पीक आपूर्ति व्यवस्था गर्न नसकेको भन्दै वर्तमान सरकारविरुद्ध भोलि आइतबार नेपाल बन्दको आह्वान गरेको छ ।
विप्लव माओवादीले आफ्नो बन्दलाई सफल बनाउन विभिन्न रणनीति बनाएको छ । विशेष गरेर राजधानी उपत्यकाभित्रको बन्दलाई सफल बनाउन विभिन्न नेताहरूलाई जिम्मेवारी दिइएको नेकपा माओवादी भक्तपुरका इञ्चार्ज तिलक मल्ल ‘क्षितिज’ले जानकारी दिनुभयो ।
नेकपा माओवादीले भोलि आइतबार सूर्यबिनायक, चाबहिल, गंगबु, कालीमाटी, रत्नपार्क, कलंकी, लगनखेल, कोटेश्वरलगायतका दजर्नौ स्थानमा बन्द सफल बनाउन आफ्ना नेता तथा कार्यकर्ता ओराल्ने रणनीति तयार पारेको छ ।
त्यसका लागि विप्लव माओवादीले विभिन्न नेताहरूलाई जिम्मेवारी पनि तोकेको छ । बिहान छ बजेदखि सुरू हुने नेपाल बन्द बेलुका साढे पाँच बजे खुल्ने भक्तपुरका इञ्चार्ज मल्ले जानकारी दिनुभयो ।
उहाँले राष्ट्रियताका पक्षमा र भारतीय विस्तारवाद तथा हस्तक्षेपविरुद्ध भएको नेपाल बन्दमा नेपाली जनताले साथ दिने बताउनु भएको छ ।
‘भारतीय दलालहरूको भण्डाफोर गर्नका लागि हामीले नेपालबन्द राखेका हौँ’, मल्लले भन्नुभयो, ‘बन्द हाम्रो आफ्नै मौलिक प्रकारको हुन्छ । अत्यावसेक सेवाका सवारी साधनलाई चल्न दिन्छौँ ।’
नेपालबन्दको पूर्वसन्ध्यामा ‘विप्लव’ माओवादीले शनिबार राजधानीका दजर्नौ स्थानमा कोणसभा गरेको छ । कोणसभामा उल्लेख माओवादी समर्थकहरूको सहभागिता रहेको थियो ।














प्रतिक्रिया