२२ कार्तिक २०८३, आइतबार

नेपालीलाई गोली हानेको थाहा नपाउने, भारतीय गाडी जलेको कति छिटो देख्ने ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-Carकाठमाडौं, १२ मंसिर । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को युवा संगठनले भारतीय नम्बर प्लेटको गाडीमा आगजनी भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मधेसी युवा फोरम नेपाल (लोकतान्त्रिक)ले शनिबार विज्ञप्ति जारी गरेर भारतीय कन्सुलरको गाडी जलाउने कार्यको भर्त्सना गरेको हो ।

‘आज मिति २०७२/०८/१२ गते भारतीय काउन्सलरको गाडी जलाउने अति निकृष्ठ कार्यको घोर भर्त्सना गर्दछ’, अध्यक्ष बेदनारायण गच्छदारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले शनिबार काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास नजिकै भारतीय काउन्सलरको गाडीमा आगो लगाइ क्षति पुगाइ दिएको थियो ।

भारतीय सुरक्षाकर्मी एसएसबीले सुनसरीको भान्टाबारीमा नेपाली भूमिभित्र प्रवेश गरी गोली चलाएर चार नेपालीलाई गम्भीर घाइते बनाउँदा एकशब्द नबोलेको फोरम लोकतान्त्रिक र त्यसको भातृ संगठनले भारतीय राजदूतावासको गाडी जल्दा दुःख जनाएको हो ।

सुनसरीमा भारतीय सुरक्षाकर्मीको गोलीबाट घाइते भएका चार नेपालीका सम्बन्धमा मधेस केन्द्रित दलहरूले आधिकारिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन् । press-release