२२ कार्तिक २०८३, आइतबार

विप्लव माओवादीले लाजिम्पाटमा भारतीय दूतावासको गाडी जलायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-Gadi

काठमाडौं, १२ मंसिर । नाकाबन्दीको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले लाजिम्पाटमा भारतीय राजदूतावासको गाडी जलाएको छ ।

शनिबार विहान विप्लव माओवादीका कार्यकर्ताले भारतीय दूतावासको २२ सीडी १७ नम्बरको गाडीमा आगो लगाएको एक नेताले बताए । उनले भने– ‘भारतीय नाकाबन्दी खुलाउन र नेपालविरुद्ध भारतीय राजदूतको गतिविधी रोक्न दबाब दिन विहानै साथीहरुले गाडी जलाए, यो क्रम चलिरहन्छ ।’

आगजनीबाट गाडीको भित्री भाग जलेको छ भने केही सीसाहरू फुटेका छन् । अन्य कुनै मानविय क्षति भएको छैन । नाकाबन्दीको विरोधमा विप्लव माओवादीले भारतीय कम्पनी फिर्ता पठाउने र भारतीय गाडी जलाउँदै आएको छ ।

विप्लव माओवादीले गाडी जलाएको दाबी गरेपछि प्रहरीले भने गाडीमा विद्युत तार सट भएर आगजनी भएको जनाएको छ ।