६ कार्तिक २०८३, शुक्रबार

स्वास्थ्यकर्मी उपचार गर्न छाडेर किन अस्पताल परिसरमा घामतापेर बस्छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morchaसप्तरी, १२ मंसिर । सप्तरीमा स्वास्थ्य सेवा ठप्पै अस्पतालभित्र पसेर प्रहरीले स्वास्थ्यकर्मीहरूलाई कुटपिट गरेको भन्दै आन्दोलित सप्तरीका स्वास्थ्यकर्मीहरूले शुक्रबार चौथो दिन पनि स्वास्थ्य संस्था ठप्प पारेका छन् ।

गत आइतबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा आन्दोलनकारीमाथि लाठीचार्ज गर्न पुगेका प्रहरीले डियुटीमा रहेका आठजना स्वास्थ्यकर्मीलाई निर्घात कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मी सम्बद्ध सबै संघ–संस्था आन्दोलनमा उत्रिएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

शुक्रबार पनि स्वास्थ्यकर्मीहरू काम छाडेर दिनभरि अस्पताल परिसरमा धर्नामा बसेका थिए ।

जिल्लाका सबै स्वास्थ्य संस्था तथा निजी क्लिनिकसमेत बन्द भएपछि सर्वसाधारण स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् ।