२२ कार्तिक २०८३, आइतबार

मधेसी दलको दुई प्रदेशको एजेन्डा यसरी परास्त भएको थियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

laxman lal karnaकाठमाडौं, ११ मंसिर । एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेलले नेपालमाथिको नाकाबन्दी मधेसी मोर्चाको मात्र नभएको दावी गर्दै भारतले असुरक्षाको नाममा अवरोध गरेर नेपालमा माईक्रो म्यानेजमेन्ट गर्न खोजिरहेको आरोप लगाउनुभएको छ ।

रिपोर्टर्स क्लव नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा पोख्रेलले भन्नुभयो, ‘रक्सौल नाकामा रहेका ट्रक रि रुट गरेर अरु नाकाबाट ल्याउँभन्दा भारत मान्दैन । जबकी रि रुट गरे नेपालमा कुनै मानवीय संकट उत्पन्न हुँदैन । यसमा भारत सकारात्मक भए समस्या छैन ।’

पोख्रेलले भारतले आफ्नो सुरक्षाको चासोको लागि एक समूदायलाई साथ लिने कुरा गलत भएको भन्दै सिंगो नेपालसँग मित्रता गर्न सकेमात्रै भारतको त्यस्तो चाहना पूरा हुन सक्ने बताउनुभयो ।

sanker pokhrelउहाँले नाकाबन्दीले नेपाल मात्रै प्रभावित नभई भारत समेत प्रभावित भइरहेको दावी गर्दै भारतीय उत्पादन समेत प्रभावित भइरहेकोले दवाव बढ्दै गएपछि सबै ठाउँमा आउने विश्वास ब्यक्त गर्नुभयो ।

पोख्रेलले समस्या समाधान हुन्छ भने नेपाली कांग्रेस नेतृत्वको सरकारले दर्ता गराएको संशोधन प्रस्ताव अगाडि बढाउन तयार रहेको भन्दै संशोधन प्रस्तावमा आफूहरूको असहमति नभएको बताउनुभयो ।

मधेसी मोर्चाले मान्दैनभन्दैमा अरुले कसैको कुरा मान्नु जायज नभएको उल्लेख गर्दै एमाले नेता पोख्रेलले भन्नुभयो, ‘कसैले मधेस स्वतन्त्र देश माग्दैमा हामीले मान्नुपर्छ भन्ने छ र ? मधेसीहरू अहिले मधेसमा आफ्नो गुमेको साख बलियो बनाउन मधेसी भर्सेज पहाडीको विभाजन गर्न खोज्दैछन् । यस्तो गर्दै गए मधेसी मोर्चाको हातबाट आन्दोलन फुत्किन्छ । होस गरे हुन्छ ।’

सीमाङ्कनको विषय संघीय आयोग वा राजनीतिक समिति बनाएर टुङ्ग्याउन तयार रहेको स्पष्ट पार्दै पोख्रेलले मधेस दुई प्रदेशको एजेण्डा लिएर गएका मधेसी दलको एजेण्डा चुनावबाट असफल भइसकेकोले त्यो प्रकट भइसकेको जनमतमलाई स्वीकार्नुपर्ने बताउनुभयो ।

कृषिमन्त्री एवम् एमाओवादीका कोषाध्यष हरिबोल गजुरेलले सीमाङ्कनको विषय सामान्य विषय नभएकोले अहिले नै हल हुन्छ भन्ने आफूलाई नलागेको बताउुनभयो । उहाँले प्रयाप्त दबाव पुगेपछि सबै थाकेर सहमति बन्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सीमाङ्कन अहिले नै टुङ्गिने सम्भावना देख्दिन । झनै झापा, मोरङ, सुनसरीको विवाद त अहिले टुङ्गिनै सक्दैन । बढी विवाद हुनेलाई अहिले छाडेर कम विवाद हुने विषयलाई समाधान गरी अघि बढ्नु पर्छ ।’

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले विवादित जिल्लाको विवाद जनमत संग्रहबाट टुङ्ग्याउने प्रस्ताव आफूहरूलाई मान्य नभएको बताउनुभयो । उहाँले जनमत संग्रहको पोको खुले हिन्दूधर्म, राजसंस्था र विखण्डनको माग आए के जनमत संग्रह गर्ने भनि प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनमत संग्रहको कुरा गरे देश बर्बाद हुन्छ ।’

चुरेदेखि दक्षिण र भारतको सीमादेखि उत्तर पूर्व पश्चिम आफूहरूलाई दुई प्रदेश चाहिनेभन्दै अहिले चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाललाई सरकारले आफूहरूविरुद्ध प्रयोग गरिरहेको आरोप लगाउनुभयो ।

कर्णले भन्नुभयो, ‘सरकार चुरेभावर आन्दोलन उठाउँदैछ । चुरे भावर आन्दोलन विगतमा पनि सरकारले गरेको र उनीहरूसँग शान्तिमन्त्रीले मात्रै सम्झौता गरेकोले त्यो लागू हुन सक्दैन । हामीसँग राष्ट्रप्रमुखले सम्झौता गरेको हो ।’