२२ कार्तिक २०८३, आइतबार

मधेसी मोर्चासहितको संघीय गठबन्धनको गोप्य बैठक बिजुलीबजारमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ta Ma Lp Paकाठमाडौं, ११ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्था र मधेस आन्दोलनलगायतका विषयमा छलफल गर्न संघीय गठबन्धसहित विभिन्न संघसंस्थाको बैठक बसेको छ ।

काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा जारी बैठकमा मंसिर २७ गते राजधानीमा गर्ने भनिएको संयुक्त आमसभाका विषयमा छलफल हुने सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।

बैठकले मधेस आन्दोलनलाई सहयोग गर्ने गरी राजधानी केन्द्रित आन्दोलन बनाउनेछ ।

बैठकमा मधेसी मोर्चाको संघीय गठबन्धनमा आबद्ध ९ वटा राजनीतिक दल, पदमरत्न तुलाधर नेतृत्वको राष्ट्रि जनजाति आन्दोलन र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति निर्माण अभियानको सहभागिता रहेको छ ।