काठमाडौं, ११ मंसिर । सामान्य प्रशासन मन्त्रालयले ३ महिने समयवधि सकिएर पनि काजबाट नफर्किएका सयौं निजामती कर्मचारीलाई दरबन्दी रहेकै कार्यालयमा फर्काउने भएको छ ।
काजमा बस्ने समयवधि सकिएर पनि सेवा ग्राही बढी भीडभाड हुने, अतिरिक्त कमाइ हुने कार्यालयमा बसिरहने प्रवृत्ति हावी भएको अवस्थालाई मध्यनजर गरेर मन्त्रालयले यस्तो निर्णय गरेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
सामान्य प्रशासनमन्त्री रेखा शर्माको अध्यक्षतामा बसेको मन्त्रालयको बैठकले यस्तो निर्णय गरेको हो ।
साउन महिनादेखि ३ महिने काज लिएका कर्मचारीहरु मंसिर १ गतेदेखि कार्यालयमा फर्किनुपर्नेमा अझै नफर्किएको मन्त्री शर्माले बताइन ।















प्रतिक्रिया