काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसका सभापति सुशील कोइराला झण्डै एक महिला लामो स्वास्थ्य उपचारपछि आज आजमेरिकाबाट स्वदेश फर्कन लाग्नुभएको छ ।
अमेरिकामा जिब्रोको क्यान्सरको उपचार गराउनु भएका कोइराला आज बेलुका साढे छ बजेपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा उत्रनु हुने कार्यक्रम रहेको बुझिएको छ ।
कोइरालाको स्वागतका लागि कांग्रेसका नेता तथा शुभेच्छुकहरू विमानस्थल जाने बताइएको छ ।
अमेरिकामा उपचार गराउनु भएका सभापति कोइराला क्यान्सर रोगबाट पूर्ण रुपमा स्वस्थ्य रहनु भएको उहाँका सहयोगीहरूले यसअघि नै जनाइ सकेका छन् ।












प्रतिक्रिया