२२ कार्तिक २०८३, आइतबार

कांग्रेसले किन आफू निकट अधिवक्ताहरूसँग परामर्श गर्दैछ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, १० मंसिर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मुलुकको समसामयिक राजनीतिक अवस्था, संविधान र कानुनी व्यवस्थालगायतका विषयमा छलफल गर्न आफू निकट कानुन व्यवसायीहरूको बैठक बोलाएको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अहिले केही समयपछि सुरु हुने बैठकमा मुलुकको समस्या समाधान र कानुनी जटिलताका विषयमा छलफल हुन सक्ने वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले जानकारी दिनुभयो ।

‘कार्यबाहक सभापति रामचन्द्र पौडेलज्यूले छलफलको लागि कांग्रेस निकट कानुन व्यसायीलाई बोलाउनु भएको छ’, उहाँले भन्नुभयो, ‘सायद कानुनी र संवैधानिक विषयमा छलफल गरी मुलुकलाई निकास दिन हामीलाई बालाउनु भएको होला ।’

बैठकमा कांग्रेसका प्रभावशाली नेताहरूलाई पनि बोलाइएको छ । बैठकका लागि कांग्रेस निकट अधिवक्ता र कानुन व्यवसायीहरू सिंहदरबार पुगिसकेका छन् ।

संविधान संशोधनको विषयमा कुरा चलिरहेका बेला कांग्रेसले आफ्ना कानुन व्यवसायीसँग परामर्श गर्न थालेको छ ।