२२ कार्तिक २०८३, आइतबार

आज पनि संसद बैठक बस्दै, मधेसी मोर्चाले अबरोध गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bicc-Sambidhan-sava-bhawanकाठमाडौं, १० मंसिर । संसदको बैठक आज पनि बस्दैछ । नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान एघार बजेपछि बस्ने बैठकमा विभिन्न विधेयक पेश गर्ने कार्य सूची छ ।

यद्यपि आजको संसद बैठक पनि मधेसी मोर्चाले अबरोध गर्ने जनाएको छ । मधेसी दलहरूले राखेका मागलाई सम्बोधन गराउन सरकारलाई दवाव दिने उद्देश्यले मधेसी मोर्चाले संसद अबरोध गर्दै आएको छ ।

यसअघि पनि मधेसी मोर्चाले संसद अबरोध गर्दै आएको थियो । सद्भावना पार्टीका सहअध्यक्ष एवम् सांसद लक्ष्मणलाल कर्णले माग पूरा गराउन दवाव दिने उद्देश्यले आज पनि सदन बैठक अबरोध गर्ने बताउनुभयो ।