६ कार्तिक २०८३, शुक्रबार

सोल्टीमा भारतको हन्डी खाएर नेपालको विरोध गर्ने को–को ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12277333_10206955801606191_273745321_nकाठमाडौं, १० मंसिर । मधेसी मोर्चाको आन्दोलनलाई देखाएर नेपालको आन्तरिक र राजनीतिक मामिलामा हस्तक्षेप गरी नेपालविरुद्ध नाकाबन्दी लगाएर भारतले नेपाली जनतालाई दुःख दिइरहेका बेला आफूलाई कथित बुद्धिजीवी र नागरिक समाज हुँ भन्नेहरूले ‘नेपाल आमा’विरुद्ध विष बमन गरेका छन् ।

कुरा हो मंगलबारको । कालीमाटी बाफलमा रहेको पाँच तारे होटेल सोल्टीमा भारतीय राजदूतावासको लगानीमा भएको कार्यक्रममा पेटभरि मासु र भारत खाएर नेपाली आमाको विरोध गर्नेहरू अरु कोही नभइ हाम्रै कथित नागरिक समाज र अधिकारवादी तथा बुद्धिजीवीहरू हुन् ।

नेपाल–भारत मैत्री समाजको नाममा भारतीय राजदूतावास लैनचौरले गरेको कार्यक्रममा आफूलाई मधेस र नेपाली जनताको महिसा ठान्नेहरूले खुलेर नेपाली राजनीतिक दल र वर्तमान केपी ओली नेतृत्वको सरकारलाई गाली गरेको यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

ओली सरकारका धेरै अवगुण होला तर नेपाली र राष्ट्रियताको पक्षमा उसले लिएको नीतिलाई कथित बुद्धिजीवी र नागरिक समाजले दिएको सोल्टीको अभिव्यक्तिले उनीहरूलाई नङ्ग्याइदिएको छ ।

कार्यक्रम समाजका अध्यक्ष प्रेम लस्करी र कथित अधिकारकर्मी दमननाथ ढुङ्गनाले चलाएका थिए । यो कार्यक्रमका लागि भारतीय दूतावासले दस लाख रुपियाँ समाजलाई दिएको बुझिएको छ ।

सोही कार्यक्रममार्फत नेपालमा भारतको विरोध नगर्नका लागि माहोल बनाउन भारतीय राजदूतले घुमाउरो भाषामा सहभागीहरूसँग आग्रह गरेको स्रोतको भनाइ छ ।

12309364_10206955801926199_953413180_nभारतीय राजदूत रञ्जीत रायको उपस्थिति रहेको सो कार्यक्रममा राजदूत अधिकांश समय उपस्थित आफ्ना निकटका भरौटेहरूको कुरा सुनेर बसेका थिए । तर कार्यक्रम सकिनै लाग्दा उनी ज¥याकजुरुक उठेर लैनचौरतिर हान्निएका थिए ।

लैनचौरको नुन खाएर नेपाल र नेपालीहरूको विरोध गर्नेहरूमा नेपाल–भारत मैत्री समाजका उपाध्यक्ष बलबहादुर कुँवर, मधेसी वुद्धिजीवी तथा लेखक सिके लाल, प्राध्यापक वीरेन्द्र मिश्र, नागरिक समाजबाट डा. सुन्दरमणि दिक्षित, मधेसी पत्रकार एवम् वुद्धिजीवी चन्द्रकिशोर झा, अधिकारकर्मी दमननाथ ढुङ्गाना, कमाण्डर पोष्ट दैनिकका सम्पादक यूगनाथ पौडेल, पूर्व सचिव प्रवीण मिश्र, भक्तपुर कांग्रेस नेता तथा पत्रकार माथवरसिंह बस्नेत, अधिवक्ता दिनेश त्रिपाठी, नेपाली कांग्रेसका नेता तथा सांसद सुरेन्द्र चौधरी, पाटन क्याम्पसका अङ्ग्रेजी विषयका प्रध्यापक प्रभू यादवलगायत करिब ८० जनाको सहभागिता रहेको थियो ।

कार्याक्रममा सहभागी भएर बिचको बाटोबाट निकास दिनुपर्छ भन्नेहरूमा पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति सुरेश शर्मा, पूर्व राजदूत लोकराज बराल, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि ज्ञानेन्द्रलाल प्रधान, डा.मदन दाहाल, पूर्व राजदूत लोकविक्रम थापा, डा.मदनकुमार दाहाल, पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, एवीपी न्यूजका नेपाल सम्वाददाता वीरेन्द्र केएम देखिएका थिए ।

कार्यक्रममा पत्रकार वीरेन्द्र केएमले भारतीय राजदूतलाई आफ्ना सल्लाहकार र कर्मचारी राम्रा राख्न सुझाव दिए । उनले गलत सल्लाहका कारण भारत–नेपालबीचको सम्बन्ध विग्रिएको भन्दै भारतीय राजदूत रायलाई राम्रा सल्लाहकार र सुत्र राख्न आग्रह गरे ।

गलत सूचनाकै कारण भारतको नेपालमा आलोचना भएको उनको भनाइ थियो ।नेपालका लागि भारतीय राजदूत रायले नेपालमा देखिएको समस्या जति लम्बियो त्यत्ति नै जटिल बन्दै जाने भन्दै संविधान संशोधन गर्न चेतावनी दिए ।

उनले नेपाललाई सहयोग गर्न तयार रहेको भन्दै नेपालमा हुने प्रदर्शनले भारतको सुरक्षामा पनि खतरा पर्नेमा आफूहरू सचेत रहेको बताएका थिए । नागरिक समाजका अगुवा डा. दिक्षितले भारतले नाकाबन्दी लगाएर ठीक गरेको भनाइ राखेका थिए ।

उनले मधेसी जनताको अधिकारका लागि भारतले लिएको नीति ठीक रहेको भन्दै समर्थन गरे । ‘हुन त म बोल्दा भारतीय दलाल भन्लान् । तर म बोल्छु । यहाँका हाम्रा नेताहरूका कारण समस्याले जटिलता थपेको छ’, उनले भने ।

अधिवक्ता दिनेश त्रिपाठीले पनि अहिले मधेसमा सेना, प्रहरी लगाएर दमन गरिएको भन्दै यसतर्फ भारतले ध्यान दिनुपर्ने माग गरे । पूर्व प्रमुख निर्वाचन आयूक्त सूर्यप्रसाद श्रेष्ठले नेपाल र भातरबीचको सम्बन्ध कुटनीतिक रुपमा सधान गर्न सुझाव दिए ।

12305943_10206955800686168_1412648026_nअधिकारकर्मी दमननाथ ढुङ्गानाले मधेसीको आन्दोलनमा अत्याधिक बल प्रयोग भएको भन्दै राज्यलाई संयम हुन आग्रह गरे । पूर्व राजदूत लोकराज बरालले नेपाल र भारतबीचको कुटनीतिकसम्बन्ध फेलियर भएको बताए ।

पाटन क्याम्पसका अङ्ग्रेजी विषयका प्रध्यापक प्रभू यादवले भारतले लगाएको नाकाबन्दीको समर्थन गरे । उनले मधेसीका माग पूरा नहुँदासम्म भारतले अझै कडा नाकाबन्दी गर्नुपर्ने माग गरे ।

मधेसी अधिकारकर्मी तथा लेखक सिके लालले आफूले चर्का कुरा गर्दा सम्प्रदायिकताको आरोप लगाउने गरेको भन्दै पहाडिया राष्ट्रवादले मधेसी जनताले अधिकार नपाएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि ज्ञानेन्द्रलाल प्रधानले संघीयताका कारण यो समस्या आएको भन्दै संघीयतालाई थाँती राख्न सुझाव दिए । उनले भारतलाई आपूर्ति व्यवस्थामा अबरोध नगर्न आग्रह गरे ।

डा. मदन दाहालले भारतको पछिल्लो कमदको खुलेर आलोचना गरे । उनले नेपालविरुद्ध अन्तर्राष्ट्रिय कानुन र सन्धी विपरित नाकाबन्दी लगाएर नेपाली जनतालाई दुःख दिएको आरोप लगाए । उनले अहिलेको समयमा भारतसँग नेपालीहरू कदापि नझुक्ने बताए ।