२२ कार्तिक २०८३, आइतबार

नरेन्द्र मोदीको जल्दै गरेको पुत्ला किन खोसियो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-ko-Putla-Jalaya-Nepal-काठमाडौं, ९ मंसिर । नाकाबन्दीको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउन सडकमा उत्रिएका विद्यार्थीविरुद्ध नेपाल प्रहरीले हस्तक्षेप गरेको छ ।

काठमाडौंका भृकुटीमण्डपस्थित आरआर क्याम्पस अगाडि एमाले निकट विद्यार्थीले आज (बुधबार) जम्मा भएर मोदीको पत्ला जलाएका हुन् । पुत्ला खोस्ने क्रममा प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।

लाठीचार्जपछि विद्यार्थी र प्रहरीबीच केही बेर तनावसमेत भएको छ ।

मोदीको पुत्ला खोस्ने क्रममा प्रहरीको लाठी प्रहारबाट बाटोमा हिँडिरहेका सर्बसाधारण पनि घाइते भएका छन् ।

भारतको नाकाबन्दीपछि नेपालीले दुःख पाएको भन्दै एमाले अखिलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी गरेका छन् ।

उनीहरूले भारतविरुद्ध चर्का नारावाजी गरेको अखिलले जनाएको छ ।