काठमाडौँ, ९ मङ्सिर । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले सरकारले जतिसक्दो चाँडो भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउने बताउनुभएको छ ।
भूकम्पपश्चातको सन्दर्भमा ‘विपद् जोखिम न्यूनीकरणमा भूमि क्षेत्रका पेसाकर्मी र भौगोलिक सूचना पूर्वाधारको भूमिका’ विषयक तीनदिने अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उपप्रधानमन्त्री थापाले भूकम्पपछि अझै पनि जाडोको मौसममा अधिकांश भूकम्पपीडित टहरामै बस्न बाध्य भएको हुँदा सरकारले पुनःनिर्माण कार्यलाई तीव्र बनाउने बताउनुभयो ।
पुनःनिर्माणको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय योजना आयोगलाई जिम्मेवारी दिएको उहाँको भनाइ थियो ।
उपप्रधानमन्त्री थापाले हालैको भूकम्पबाट पाठ सिक्दै भूमि विज्ञले आफ्नो क्षमता वृद्धिसँगै प्रविधिको प्रयोग गर्न अनिवार्य छ, जसले क्षति न्यूनीकरणमा सहयोग पुग्ने छ भन्नुभयो । रासस












प्रतिक्रिया