२२ कार्तिक २०८३, आइतबार

बिरामी बोक्ने एम्बुलेन्समा होइन, तेल बोक्ने एम्बुलेन्स जलेका हुन् : सांसद गुप्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Brijesh-Gupta

काठमाडौं, ९ मंसिर । तराई मधेस लोकतान्त्रिक पार्टी नेता एवं सांसद वृजेशकुमार गुप्ताले विरामी बोक्ने एम्बुलेन्समा मधेसी मोर्चाले आक्रमण नगरेको स्पष्ट पार्नुभएको छ ।

राज्य व्यवस्था समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसद गुप्ताले एम्बुलेन्स तेल बोक्नका लागि नभई बिरामी बोक्ने साधन रहेको बताउनुभयो । उहाँले बिरामी बोकेको एम्बुलेन्सलाई मधेसी मोर्चाले कहिल्यै अबरोध नगरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एम्बुलेन्सको काम बिरामी बोक्ने हो नकि तेल बोक्ने । बिरामी बोक्ने एम्बुलेन्सलाई हाम्रो कुनै रोकावट छैन् ।’

उहाँले मधेस आन्दोलनमा राज्यले अत्याधिक बल प्रयोग गरेको आरोप लगाउनुभयो । ‘मधेसमा झडप हुँदा मान्छे मार्नैपर्ने, कैलालीमा १०/१० जना सुरक्षाकर्मी मारिँदा एउटा आन्दोलनकारी पनि नमारिने । एउटा पनि गोली नचल्ने । यस्तो कस्तो विभेद हो ?’, उहाँले गृहमन्त्री शक्ति बस्नेतसँग प्रश्न गर्नुभयो ।
Brijesh-Gupta-1मधेस आन्दोलन समाधान गर्न सरकार सम्बेदनशील बन्नुपर्ने भन्दै उहाँले उखान टुक्का हालेर सरकार नचल्ने बताउनुभयो । उहाँले आफूहरू मधेस समस्या समाधनका लागि जिम्मेवार रुपमा प्रस्तुत रहेको उल्लेख गर्नुभयो ।

तमलोपाका नेता एवम् सांसद गुप्ताले गृहमन्त्री शक्ति बस्नेतलाई जनयुद्धका नाममा १५ हजार मान्छे मारेर आएको भन्दै मधेसी मोर्चाको आन्दोलन हिंसात्मक भएको भनेर गरेको टिप्पणीको विरोध गर्नुभयो । उहाँले अहिले जारी मधेस आन्दोलन गलत दिशामा छ भन्न नमिल्ने बताउनुभयो ।

‘तपाइँहरू पहिला जंगल पसेर, आतंकवादी बनेर, १५ हजार मान्छे मारेर आएको हैन् ? अहिले मधेस आन्दोलन गलत छ भन्ने ?’, गृहमन्त्रीलाई प्रश्न गर्दै गुप्ताले भन्नुभयो, ‘गृहमन्त्री ज्यूले आफ्नो विगतलाई पनि विर्सनु भएन ।’

उहाँले गृहमन्त्री बस्नेतलाई व्याङ्ग्य गर्दै भन्नुभयो, ‘सौ चुहे खाकर, बिल्ली चली हजको ।’ गुप्ताले उखान टुक्काका भरमा सरकार नचल्ने भन्दै मुलुकको समस्याप्रति जिम्मेवार बन्न सत्तारुढ दलका नेताहरूलाई आग्रह गर्नुभयो ।