६ कार्तिक २०८३, शुक्रबार

मधेस आन्दोलन तह लगाउन प्रचण्डको नयाँ रणनीति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal Dahalकाठमाडौं, ९ मंसिर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसमा आन्दोलनरत दलका नेतासँग अनौपचारिक भेटघाट गरेका छन् ।

माइतीघर मण्डलानजिकैको एक घरमा मंगलबार अपराहन मोर्चा नेतालाई भेटदै उच्चस्तरीय राजनीतिक समन्वय समिति संयोजकसमेत रहेका दाहालले सीमांकनलगायत विषयमा छलफल गरेको कान्तिपुर दैनिकले छापेको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, तमसपा अध्यक्ष महेन्द्र राय यादव र सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी थिए ।

मधेसी मोर्चासँगको छलफलले सहमतिको आधार बनेको दाहाललाई उद्धृत गर्दै सहयोगी चूडामणि खडकाले बताए ।

‘मधेसवादी दलसँग भएको छलफलका आधारमा भोलि अध्यक्षले प्रधानमन्त्रीलाई भेटदै हुनुहुन्छ’, उनले भने, ‘छुट्टाछुट्टै कुराकानीपछि कांग्रेस र एमालेसँग बसेर विषयवस्तु टुंग्याउने कुरा भएको छ । अब यो मुद्दा टुंगिने दिशातर्फ अघि बढेको छ ।’