काठमाडौं, ८ मंसिर । फ्रान्समा भएको आतंकवादी हमला र सिरियामा जारी गृहयुद्धबाट प्रताडित नागरिकहरू शरणार्थीका रूपमा अन्य मुलुक जाने क्रम बढेपछि सरकारले सिरियाली नागरिकलाई दिँदै आएको आगमन प्रवेशाज्ञा (अन अराइभल भिसा) दिने प्रक्रिया रद्द गर्ने भएको छ ।
एक साताअघि फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी हमला र सिरियामा बढेको विश्व आतंकवादी सञ्जाल आईएसले अन्यत्र गतिविधि बढाउन सक्ने सम्भावित सुरक्षा चुनौतीको आकलन गर्दै सरकारले सिरियाली नागरिकलाई दिँदै आएको अन अराइभल भिसा रद्द गर्न लागेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
गृह मन्त्रालयले सिरियाली शरणार्थीको भेषमा आतंकवादीसमेत प्रवेश गर्न सक्ने भएकाले त्यसको कडाइ गर्न सिरियालीलाई अन अराइभल भिसा नदिने तयारी गरेको हो ।
आईएसले सिरिया र इराकलाई आधारइलाका बनाएर आफ्नो प्रभाव फैलाउन खोजिरहेको छ ।















प्रतिक्रिया