काठमाडौं, ८ मंसिर । एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानको संयोजक बनेका बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्नुअघि माओवादीबाहेकका राजनीतिक दल र संगठनका नेताकार्यकर्ता तान्ने रणनीति बनाएका छन् ।
आफूलाई समर्थन गर्ने एमाओवादीका नेताकार्यकर्ताको काठमाडौंमा भएको दुईदिने भेलापछि भट्टराईले त्यस्तो रणनीति बनाएका हुन् ।
सोही रणनीतिअनुसार आफूलाई समर्थन गर्ने एमाओवादीका नेताहरूको कार्यविभाजन गरिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
संगठन विभाग प्रमुखको जिम्मेवारी देवेन्द्र पौडेललाई दिइएको छ ।
स्रोतका अनुसार पुष्पकमल दाहाल नेतृत्वको एमाओवादी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका नेताकार्यकर्तालाई देवेन्द्र पौडेलले र अन्य दलका नेताकार्यकर्ता र स्वतन्त्र व्यक्तिहरूलाई बाबुराम भट्टराईले नयाँ शक्ति अभियानमा सहभागी गराउने जिम्मा लिएका छन् ।
भट्टराईले भने अन्य दलका नेताकार्यकर्ता र स्वतन्त्र व्यक्तिहरूलाई नयाँ शक्ति अभियानमा सहभागी गराउने जिम्मा लिएका छन् ।















प्रतिक्रिया