२२ कार्तिक २०८३, आइतबार

कार्यकर्ताको मृत्यु भएपछि राजेन्द्र महतो आज सप्तरी जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-mahatoकाठमाडौं, ८ मंसिर । सप्तरीमा भएका झडपमा आन्दोलनकारीहरूको मृत्यु भएपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो त्यहाँको अस्थाबारे जानकारी लिन आज त्यसतर्फ जाँदै हुनुहन्छ ।

वीरगञ्ज नाकामा अबरोध गरेर बस्दै आउनु भएका अध्यक्ष महतो आज केही सहयोगी र कार्यकर्ताका साथ सप्तरी जान लाग्नु भएको हो ।

उहाँले त्यस क्रममा सप्तरीमा मृत्यु भएका आफन्त र घाइतेहरूसँग भेटघाट गर्ने महासचिव मनीष समुनले जानकारी दिनुभयो ।

अध्यक्ष यादव मोटरसाईकलमार्फत सप्तरी जिल्ला जानु हुनेछ । र केही दिन त्यहाँ बस्ने जनाइएको छ ।

‘अध्यक्ष राजेन्द्र महतो आज सप्तरी जाँदै हुनुहुन्छ’, सद्भावना पार्टीका महासचिव मनीष समुनले भन्नुभयो, ‘प्रदर्शनका क्रममा मृत्यु भएका सहिदका आफन्त र घाइतेहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।’

अध्यक्ष महतो सप्तरीको आन्दोलनमा पनि सहभागी हुनुहुनेछ । उहाँले आन्दोलनलाई शसक्त बनाउन निर्देशन दिने महासचिव सुमनले बताउनुभयो ।

सप्तरी जिल्लामा दुई दिनयता आन्दोलन चर्किएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर केही आन्दोलनकारीको मृत्यु पनि भएको छ । केही आन्दोलनकारी घाइते भएका छन् ।