२२ कार्तिक २०८३, आइतबार

विप्लव माओवादीद्वारा काठमाडौंको मुटूबाट भारतीय राजदूतलाई चेतावनी दिँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-Bikram-Chanda-Biplavकाठमाडौं, ८ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भारतले लगाएको नाकाबन्दी, सरकारले इन्धन तथा दैनिक उपभोग्य सामाग्रीको कालोबजारी रोक्न नसकेको विरोधमा आज राजधानीमा बिरोध प्रदर्शन गर्दैछ ।

मध्यान्ह १२ बजेपछि विप्लव माओवादीले काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटीकाबाट प्रदर्शन गर्न लागेको हो ।

विप्लव माओवादीका भक्तपुर सेक्रेटरी तिलव मल्ल ‘क्षितिज’ले भारतीय नाकाबन्दीको विरोध र दलाल सरकारविरुद्ध भण्डाफोर अन्तर्गत शक्ति प्रदर्शन गर्न लागेको जानकारी दिनुभयो ।

आजको प्रदर्शनका लागि विप्लव माओवादीले उल्लेख्य नेता तथा कार्यकर्तालाई रत्नपार्कमा केन्द्रित गर्दैछ । त्यसका लागि माओवादीले सबै योजना बनाएको छ ।

भारतले नाकाबन्दी लगाएपछि विप्लव माओवादीले त्यसको विरोध गर्दै आएको छ ।

विशेष गरेर नेपालका लागि भारतीय राजदूत रञ्जीत रायले नेपालको आन्तरिक र राजनीतिक मामिलामा हस्तक्षेप गर्ने गरेको भन्दै विप्लव माओवादीले विरोध गर्दै आएको छ ।

माओवादीले राजदूत रायलाई आन्तरिमक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिने मल्लले बताउनुभयो ।