काठमाडौं, ८ मंसिर । काठमाडौंमा दुई दिनसम्म चलेको भेलाका निर्णय र निष्कर्ष सार्वजनिक गर्न नयाँ शक्ति निर्माण अभियानका संयोजक बाबुराम भट्टराईले आज पत्रकार सम्मेलन राख्नुभएको छ ।
संयोजक भट्टराईले दिउँसो एक बजे इन्द्रेणी कम्प्लेकसमा पत्रकार सम्मेलन राख्नु भएको हो ।
पत्रकार सम्मेलनमा उहाँले नयाँ शक्ति निर्माण अभियानका विषयमा दुई दिनको भेलाबाट आएको निष्कर्षबारे जानकारी गराउनु हुनेछ ।
पत्रकार सम्मेलनमा देवेन्द्र पौडेल, रामचन्द्र झासहितका नेताहरूको सहभागिता रहनेछ ।
एमाओवादी छाडेर नयाँ शक्ति निर्माणमा लाग्नु भएका भट्टराईले दुई महिनापछि राजनीतिक दलको घोषणा गर्ने तयारीमा हुनुहुन्छ । उहाँको यो अभियानलाई एमाओवादीमा रहेका केही सीमित नेताहरूले साथ दिएका छन् ।












प्रतिक्रिया