६ कार्तिक २०८३, शुक्रबार

यसरी पाउन सकिन्छ पाँच दिनमै राहदानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mrp-passwordकाठमाडौं, ८ मंसिर । द्रुत सेवाअन्तर्गत राहदानी विभागले ५ दिनमै राहदानी उपलब्ध गराउने भएको छ ।

हालसम्म करिब ३९ लाख एमआरपी वितरण भइसकेको कान्तिपुर दैनिकले छापेको छ ।

महानिर्देशक थापाका अनुसार प्रत्यक्ष दर्ता प्रणाली सर्वसाधारणका लागि एक सातापछि खुल्ला गरिने भएको छ ।

पहिलो चरणमा आवेदनको व्यवस्था खुला राखिए पनि एक महिनापछि हटाइने उनले जानकारी दिए । प्रत्यक्ष दर्ताका लागि विभागमा ९ र नियोगहरूमा ४१ वटा केन्द्र राखिने छन् ।

सरकारले उक्त प्रणाली २ वर्षयता लागू गर्ने तयारी गरिरहेको थियो । मलेसिया, साउदी अरब (रियाध र जेद्दा), कुवेत, कतार, यूएई, अमेरिका (वासिङटन डीसी र न्युयोर्क), बेलायत र हङकङमा नयाँ प्रणाली सुरु हुनेछ ।

नयाँ टेन्डरबाट लागू गर्ने भनिए पनि समय अभाव र पुरानो सम्झौताको उल्झनका कारण अन्तरिम व्यवस्था र परीक्षणका लागि भन्दै ओबर्थरलाई दिइएको हो ।

सरकारसँग भएको सहमतिअनुसार ओबर्थरले प्रत्यक्ष दर्ताबाट २५ लाख थप राहदानी छाप्ने जिम्मा पाएको छ ।

अत्यावश्यक देखिएका पृष्ठ बढाउनेतर्फ भने सरकारले कुनै पहल गरेको छैन ।

प्राविधिक सहजता मात्र नहेरी हरेक जिल्लामा प्रत्यक्ष दर्ता प्रणाली पुर्‍याउनुपर्ने सुझाव सर्वसाधारणबाट आएको छ ।

हाल करिब ५० हजार जनासँग मात्र हस्तलिखित राहदानी रहेको विभागले जनाएको छ ।