– विमल योगी
काठमाडौं, ७ मंसिर । सप्तरीमा भएको हिंसात्मक घटनाप्रति गम्भीर प्रश्न उठेपछि संसदको राज्य व्यवस्था समितिले चाँसो देखाएको छ ।
यसैक्रममा समितिले सरकारसँग स्पष्टिकरण माग गरेको छ । समितिले स्पष्टिकरणका लागि सरकारका तर्फबाट गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई बोलाएको छ ।
समितिका सभापति दिलबहादुर घर्तीले दैनिक नेपालसँग भन्नुभयो- ‘मधेस आन्दोलन हिंसात्मक बन्दा पनि सुरक्षा दिन नसकिएको र बल प्रयोग गर्नुको कारणबारे स्पष्टिकरण सोध्न गृहमन्त्रीलाई बोलाइएको छ । समितिले उहाँबाट जानकारी लिन्छ ।’
सभापति घर्तीका अनुसार गृहमन्त्री बस्नेतले आगामी बुधबार ११ बजे राज्य व्यवस्था समिति बैठकमा शान्ति सुरक्षा, सरकारी दमन, आन्दोलन नियन्त्रण, कालोबजारी नियन्त्रण, नाकाबन्दी खोल्न भएका पहलबारे सरकारले गरेका कार्यहरुको जानकारी दिनुपर्नेछ ।













प्रतिक्रिया