२२ कार्तिक २०८३, आइतबार

सप्तरीमा कार्यकर्ता मारिएपछि महन्थ ठाकुर गम्भीर, कांग्रेसका नेताले भेटेर के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakashman-Mahanthaकाठमाडौं, ७ मंसिर । सप्तरी घटनापछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।

सोमबार ठाकुर निवास भक्तपुरमा भएको भेटवार्तामा मधेस आन्दोलन र समाधानबारे छलफल भएको नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले दैनिक नेपाललाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘मधेस आन्दोलन र समाधानका उपायबारे छलफल भयो । उहाँ(ठाकुर)ले समस्या समाधान गर्नुपर्छ । त्यसका लागि मोर्चा तयार छ भन्ने कुरा गर्नुभो ।’

आइतबार सप्तरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता मारिएपछि कांग्रेस नेताहरुसँगको भेटमा ठाकुरले घटनापछि आफूहरु गम्भीर भएको बताउनुभयो । उहाँले भन्नुभयो- ‘पछिल्लो घटनाले हामीलाई गम्भीर बनाएको छ । आन्दोलन अहिलेसम्म मधेसी मोर्चाकै नियन्त्रणमा छ । यसरी सरकारी दमन हुँदै जाने हो र जनता प्रतिकारमा उत्रिँदै जाने हो भने देश कहाँ पुग्छ ? तसर्थ समस्याको छिटो भन्दा छिटो समाधानको पक्षमा हामी छौं ।’

मधेस समस्या समाधानमा सरकारले ढिलासुस्ती गरेको उनको आरोप थियो । ठाकुरलाई भेट्न कांग्रेस नेताहरु महामन्त्री सिंह र प्रवक्ता दिलेन्द्र प्रसाद बडू भक्तपुर पुगेका थिए ।