२२ कार्तिक २०८३, आइतबार

राजधानीमा विप्लव माओवादीको गोप्य भेलाः काठमाडौंको मुटु घेराउ गर्ने निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-bikram-chand-biplopकाठमाडौं, ७ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भारतीय नाकाबन्दी र केपी ओली नेतृत्वको सरकारविरुद्ध भोलि मंगलबार राजधानीमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ ।

सोमबार विहान राजधानीमा बसेको काठमाडौं उपत्यकाका इन्चार्जहरु, केन्द्रीय नेता र जनवर्गीय संगठनका प्रमुखहरुको गोप्य भेलाले राजधानीमा विशाल प्रदर्शन गर्ने र काठमाडौं ‘कब्जा गर्ने’ निर्णय गरेको हो ।

जसअनुसार विप्लव माओवादीका राजधानीमा रहेका नेता तथा अगुवा कार्यकर्ताहरूको उल्लेख्य उपस्थितिसहित भारतीय नाकाबन्दीविरुद्ध भोलि मंगलबार एक बजे रत्नपार्कस्थित शान्तिबाटीकामा विशाल प्रदर्शन हुँदैछ ।

विप्लव माओवादीका भक्तपुर सेक्रेटरी क्षितिज मल्लका अनुसार शान्तिवाटिका, जमल, कमलादी, पुथलीसडक, पदमोदय मोड, प्रदर्शनीमार्ग, शहिदगेट, आरएनएसीमा प्रदर्शन गरी काठमाडौंको मुटुलाई घेरा हाल्ने निर्णय भएको छ । त्यसपछि शान्तिवाटिका पुगेर कोण सभागरी थप कार्यक्रम घोषणा गरिनेछ । सभालाई प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सम्बोधन गर्नेछन् ।

प्रदर्शनका क्रममा विप्लव माओवादीले भारतीय हस्तक्षेप र नाकाबन्दीविरुद्ध कडा धारणा सार्वजनिक पनि गर्नेछ । वर्तमान सरकारलाई दलाल र तस्करहरूको सरकारको संज्ञा दिएको विप्लव माओवादीले सरकारले कालोबजारीलाई बढावा दिएर जनतालाई दुःख दिएको आरोप लगाएको छ ।

सरकारले जनतालाई सहज आपूर्ति गर्न नसकेको र कालोबजारीलाई पश्रय दिएको विरुद्ध पनि भण्डाफोर गरिने विप्लव माओवादीका एक नेताले जानकारी दिए ।