काठमाडौं, ७ मंसिर । लामो समयदेखि तराई मधेसमा भइरहेको आन्दोलन र सीमा नाकामा देखिएको अवरोधका कारण अत्यावश्यक औषधिको अभाव भएपछि नेपाल औषधि व्यवसायी संघको पहलमा तीनदिनदेखि एयर लिफ्टिङ गरेर औषधि भित्र्याउन थालिएको छ ।
भारतबाट औषधि एयर लिफ्टिङ गर्न भारतीय एयरलाइन्सहरुले नमानेका कारण नेपाल एयरलाइन्सले भारतको मुम्बइ र नयाँदिल्लीबाट थाइल्याण्ड पुर्याएर नेपाल ल्याएको छ ।
नेपालले यतिबेला भारतबाहेक थाइल्याण्ड, बंगलादेश र मलेसियाबाट पनि औषधि ल्याउन सुरु गरिसकेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।















प्रतिक्रिया