काठमाडौं, ७ मंसिर । सप्तरीमा आन्दोलन थप हिंसात्मक बन्दै गए सेना खटाउनेबारे आइतबारको केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा अधिकारीहरूले प्रस्ताव गरेका छन् ।
पहिलेजस्तै स्थानीय प्रशासन ऐनअनुसार नै सेना खटाउने तयारीमा गृह मन्त्रालयसमेत रहेको स्रोतले बताएका नयाँ पत्रिका दैनिकले छापेको छ ।
गृहमन्त्रीको अध्यक्षतामा शनिबार र आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो ।
बैठकमा तराईमा आन्दोलन झन् चर्किंदै गएकाले त्यसको सामना गर्न सेना नै खटाउनुपर्ने आवाज उठेको थियो ।















प्रतिक्रिया