२२ कार्तिक २०८३, आइतबार

कांग्रेसले आजको संसद बैठक अवरोध गर्ने, संविधान संशोधन प्रक्रिया अगाडि बढाउन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, ६ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजको व्यवस्थापिका संसद बैठक अवरोध गर्ने भएको छ ।

आइतबार बिहान बसेको कांग्रेस केन्द्रीय पदाधिकारी बैठकले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक अघि बढाउनका लागि दबाब दिन भन्दै संसद बैठक अवरोध गर्ने निर्णय गरेको कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो- मधेस आन्दोलन, नाकाबन्दी तथा देशको वर्तमान असहज परिस्थितीबाट निकास दिनका लागि कांग्रेस संविधान संशोधनमा सत्ता पक्षलाई दबाब दिने उद्देश्यले संसद बैठक अवरोध गर्ने निर्णय गरेको छ । यो हाम्रो दबाबमुलक कार्यक्रम हो ।’

कांग्रेसले अन्य साना दलहरुसँग मिलेर संसदमा बोलेरै सरकारलाई दबाब दिने निर्णय समेत गरेको छ । संसद सचिवालयका अनुसार आज बिहान ११ बजे व्यवस्थापिका संसदको बैठक बस्दैछ ।