२२ कार्तिक २०८३, आइतबार

सिरहाको लहान तनावग्रस्त, मधेसी मोर्चाद्वारा बिहानैदेखि प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

लहान, ६ मंसिर । प्रहरीसँगको झडपका क्रममा गएराति सप्तरीको भारदह र रुपनीमा दुईजना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको भन्दै आज सिरहाको लहानसहितका स्थानमा विरोध प्रदर्शन सुरु भएको छ ।

सप्तरीमा भएको घटनालगत्तै संयुक्त मधेसी मोर्चाका कार्यकर्ता ले बिहानैदेखि लहानस्थित सहिद चोक, अस्पताल चोक, हुलाक चोकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

बजार, पसल पूर्णरुपमा बन्द छन् भन्ने प्रदर्शनकारीहरुले पूर्वपश्चिम राजमार्गको सडकमै बसेर प्रदर्शन गरिरहेका छन् ।

यस्तै सिरहाको गोलबजार, मिर्चैयालगायतका स्थानमा समेत प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् । रासस