२२ कार्तिक २०८३, आइतबार

कांग्रेसले संसद अबरोध गर्न सक्ने, अन्तिम निर्णय गर्न संसदीय दलको बैठक बोलायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, ६ मंसिर । संसद अबरोध र भावी रणनीतिका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

काठमाडौंमा अहिले केही समयपछि बस्ने बैठकमा मधेसका जनताले उठाएका मागका विषयमा छलफल हुने बुझिएको छ ।

कांग्रेसले सीमाङ्कनसहित सबै विषयमा खुला रहेको जनाएको छ । उसले राजनीतिक जायज मागलाई सम्वाद र सहमतिका साथ पूरा गर्न सकिने जनाउँदै आएको छ ।

संसद बैठक अबरोध गर्ने पराम्भीक निर्णय गरेको कांग्रेसले संसदमा आफ्नो सरकारको पालामा दर्ता गराएका संविधान संशोधनसम्बन्धी दुई वटा विधेयकलाई पारित गराउन सरकारलाई दबाव दिनेछ । कांग्रेसले मधेसीका माग तथा भारतीय नाकाबन्दी खोल्न पनि दबाव दिनेछ ।

भौगोलिक र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण तथा समावेशी र समानुपातिक सहभागितासम्बन्धी दुई विधेयक कांग्रेसले संसदमा दर्ता गराएको छ । सो विधेयक आगाडि बढाउन सरकारलाई दबाव दिँदै आएको छ ।