काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री केपी ओलीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र नाकाबन्दीबाट मुलुकलाई निकास दिन कांग्रेससहित सत्तारुढ दलहरूको बैठक आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले बैठकमा भारतीय पक्षले नेपालविरुद्ध लगाएको नाकाबन्दीलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल गर्नु हुनेछ ।
बैठकमा मधेसी मोर्चाले जारी राखेको तराई मधेसको आन्दोलन र थारु समुदायको संघर्षलगायतका विषयमा पनि परामर्श हुन सक्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
भारतीय नाकाबन्दीले नेपाली जनताले दुःख पाइरहेका बेला उचित बैकल्पीक व्यवस्था हुन नसकी रहेका बेला प्रधानमन्त्री ओलीको आलोचन पनि हुन थालेको छ ।
त्यसै गरी आन्दोलनरत मधेसी मोर्चाले अगाडि सारेका माग र विपक्षी दल कांग्रेसका अडानहरूका विषयमा पनि छलफल हुनेछ । बैठक बेलुका छ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यक्रम छ ।












प्रतिक्रिया