२२ कार्तिक २०८३, आइतबार

आज संसद बैठक बस्दै, मधेसी र थारु दलहरुले अबरोध गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepalकाठमाडौं, ६ मंसिर । तिहार र छठ पर्वको विदापछि पहिलो पटक बस्न लागेको व्यवस्थापिका संसदको बैठक मधेसी र थारु सम्बद्ध दलहरुले अबरुद्ध गर्ने जनाएका छन् ।

मधेसी र थारुका मागलाई सरकारले बेवास्ता गरेको भन्दै आन्दोलनमा रहेका मधेसी र थारु सांसदहरुले सदनको कामकारबाही अगाडि बढ्न नदिने जनाएका हुन् । उनीहरुले तराई मधेसको आन्दोलनमा राज्यतर्फबाट दमन भएको भन्दै विरोध जनाउँदै आएका छन् ।

यसअघि पनि संसद बैठक अवरोध गर्दै आएका मधेसी र थारुले सीमाङ्कन र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धाण गर्नुपर्नेलगायतका माग राख्दै आएका छन् ।