काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले मधेस आन्दोलनको माग पुरा गर्न सरकारसँग माग गर्नुभएको छ ।
शनिबार कांग्रेसले तराई मधेसका सांसदहरु छलफल गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अमरेशले मधेस आन्दोलन अराजकतातिर गइरहेको भन्दै रोक्नका लागि सरकारसँग दुई वटा प्रस्ताव पेस गर्नुभएको छ ।
उहाँले भन्नुभयो– ‘मधेस आन्दोलन मधेसी मोर्चाको नियन्त्रण भन्दा बाहिर गइसक्यो । अब पनि समाधान नगर्ने हो भने पछि नियन्त्रणमा लिन गाह्रो पर्छ । त्यसका लागि सरकारसँग दुई वटा विकल्प छ ।’
मधेस आन्दोलनमा उठेका मागलाई सम्बोधन गर्नेगरी कांग्रेसले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव (समावेशी समानुपातिक प्रतिनिधित्व र जनसंख्या र भौगलिक आधारमा निर्वाचन क्षेत्र निर्धारण) र सीमांकनको माग राजनीतिक रुपमा समाधान गरे मधेस आन्दोलन रोकिने नेता अमरेशले बताउनुभयो ।
उहाँले भन्नुभयो- कांग्रेसले संसदमा पेस संविधान संशोधन विधेयकमा मधेस आन्दोलनका अधिकांश माग समेटिएका छन् । त्यो अगाडि बढ्ने वित्तिकै समस्या समाधान हुन्छ । सीमाकंनको कुरा राजनीतिक रुपमा मिलाउनुपर्छ ।’












प्रतिक्रिया