२२ कार्तिक २०८३, आइतबार

मधेसी मोर्चाको माग पुरा गराउन प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद अवरोध गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress

– विमल योगी 
काठमाडौं, ५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तराई मधेसका सांसदहरुसँग सुझाव संकलन गरेको छ ।

विगत तीन महिनादेखि जारी मधेस आन्दोलन समाधानका लागि कांग्रेसले शनिबार तराई मधेसबाट प्रतिनिधित्व गर्ने थारु तथा मधेसी सांसदसँग छलफल गरी सुझाव संकलन गरेको कांग्रेस नेता दीपक गिरीले जानकारी दिनुभयो ।

सुझाव संकलन गरिसकेपछि कांग्रेसले मधेस आन्दोलनका माग पुरा गराउन अब संसद बैठक अवरोध गर्ने भएको छ । कांग्रेसले आफ्नो सरकारले संसदमा पेस गरेको (समावेशी समानुपातिक प्रतिनिधित्व र जनसंख्या भौगलिक आधारमा निर्वाचन क्षेत्र निर्धारण) दुई वटा संविधान संशोधन प्रस्ताव अगाडि बढाउन वर्तमान सरकारसँग माग समेत गरेको छ ।

कांग्रेसले संविधान संशोधन प्रक्रिया अगाडि बढाउन दबाब दिने उद्देश्यले संसद बैठक अवरोध गर्ने निर्णय गरेको हो । मधेस आन्दोलनका मागबारे कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पष्ट जवाफ समेत माग गरेको छ ।

‘यदि स्पष्ट जवाफ आएन् भने मधेस आन्दोलनका माग सम्बोधनका लागि संसद बैठक अवरोध गर्न बाध्य हुनेछौं,’ नेता गिरीले भन्नुभयो । कांग्रेसले भूकम्प पीडित पुनर्निर्माण प्राधिकरण यथाशिघ्र अगाडि बढाउन माग गरेको छ ।