२२ कार्तिक २०८३, आइतबार

संसदमा बोलेको कुरा नरेन्द्र मोदीले किन लत्याए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-kumar-nepalजुम्ला, ५ मंसिर । एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा बोलेका कुरालाई आफैँ लत्याएको बताउनुभएको छ ।

एमाले जुम्लाले शुक्रबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेपालले सो कुरा बताउनुभएको हो ।

नेता नेपालले नेपालको व्यवस्थापिक–संसदमा बुद्ध, जानकी र सगरमाथाको देशसँगको लामो मित्रता छ भनी व्याख्या गरेका भारतीय नेताले अहिले अघोषित नाकाबन्दी लगाएर नेपाली जनतालाई दुःख दिएको बताउनुभयो ।

उहाँले नाकाबन्दी अहिलेको प्रमुख चुनौती भएकाले यसको समाधानलाई वर्तमान सरकारले पहिलो प्रथामिकता दिनुपर्ने बताउनुभयो ।

कर्णालीको पानी, जडीबुटी, खाद्यान्न र मौलिक संस्कृतिलाई उपयोग गरी अधिकतम फाइदा लिन पनि उहाँले कर्णालीवासीसँग आग्रह गर्नुभयो । रासस