२२ कार्तिक २०८३, आइतबार

ओली सरकारविरुद्ध कांग्रेसद्धारा कडा प्रहार, कालोबजारीलाई मलजल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakashman-Singhकाठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले मुलुकलाई जतिसक्यो छिटो निकास दिन सबै दलहरुसँग अपील गर्नुभएको छ ।

राजधानीमा आज (शनिबार) आयोजित कायक्रममा बोल्दै महामन्त्री सिंहले मुलुकलाई धेरै दिन अनिर्णयको बन्दी बनाउन नहुने बताउनुभयो । उहाँले मुलुकलाई राजनीतिक निकास दिन कांग्रेसले जिम्मेवारीका साथ पहल गने उल्लेख गर्नुभएको छ ।

‘शीर्ष नेतृत्व तहमा आजबाट कांग्रेसले अन्य दलहरुसँग सार्थक वार्ता सुरु गर्छ’, उहाँले भन्नुभयो, ‘कांग्रेसले आफ्नै अग्रसरतामा मुलुकको अहिलेको जारी समस्याको समाधान गर्छ ।’ कांग्रेस महामन्त्री सिंहले दलका नेताहरुलाई जिम्मेवार भएर प्रस्तुत हुन पनि आग्रह गर्नुभयो ।

‘अब जतिसक्दो छिटो समस्याको समाधानका लागि जिम्मेवार भएर प्रस्तुत हुन सत्तारुढ दल र मधेसी मोर्चालाई अपील गर्छु’, सिंहले भन्नुभयो, ‘मधेसी मोर्चा र थारुका जायज मागहरु पूरा गर्न सबै इमानदारिताका साथ प्रस्तुत हुनुपर्छ ।’

कांग्रेस नेतृत्वको सरकारका पालामा संसदमा दर्ता भएका बिधेकहरु अगाडि बढाउन वर्तमान सरकारले आनाकानी गरिरहेको भन्दै महामन्त्री सिंहले रोष प्रकट गर्नुभयो ।

जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र समानुपातिक तथा समावेशीसम्बन्धी विधेयकलाई पारित गराउन सबै दलहरुले कांग्रेसलाई समर्थन गरी सरकारलाई दबाव दिनु जरुरी रहेको सिंहले उल्लेख गर्नुभयो ।

तराई मधेसको आन्दोलन र भारतीय नाकाबन्दीले जनताले सास्ती बेहोरीरहेको भन्दै कांग्रेस महामन्त्री सिंहले सरकारले कालोबजारी नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार कालोबजारीलाई मलजल गरिरहेको छ । उहाँले भन्नुभयो, ‘सरकार कालोबजारीलाई मलजल गरिरहेको छ ।’

उहाँले तत्काल कालोबजारी नियन्त्रण गरेर सरकारले मुलुकभित्र उपलब्ध इन्धन र अन्य दैनिक उपभोग्य सामाग्री सहज रुपमा वितरण गर्नुपर्ने उल्लेख गर्नुभयो ।