२२ कार्तिक २०८३, आइतबार

तराई मधेसको माग पूरा गर्न कांग्रेसले आजै आफ्ना सांसदसँग छलफल गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, ५ मंसिर । सीमाङ्कनलाई लिएर मधेसी मोर्चाले तीन महिनादेखि नाकाबन्दी लगाइ जनतालाई दुःख दिइरहेका बेला नेपाली कांग्रेसले समस्या समाधानका लागि तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरुसँग परामर्श गर्दैछ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज हुने छलफलमा कांग्रेसले मधेसका जनताले खोजेको अधिकार र समस्या समाधानका लागि अपनाउने उपायका विषयमा परामर्श हुनेछ । कांग्रेसले तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरुसँग निकासका लागि के गर्न सकिन्छ भनेर सुझाव लिनेछ ।

कांग्रेसले संवैधानिक रुपबाट मुलुकलाई निकास दिनुपर्ने जनाउँदै आएको छ । उसले संवैधानिकका साथै राजनीतिक रुपमाबाट पनि छलफल गर्नुपर्ने उल्लेख गरेको छ ।

सीमाङ्कनमा खुला भएर छलफल गर्न सकिने जनाएको कांग्रेसले मुलुकलाई आफैले पहल गरी निकास दिन चाहेको छ ।

संसदको बैठक भोलिबाट सुरु हुँदैछ । संसदको बैठकलाई मधेस केन्द्रित दलहरुले अबरोध गर्दै आएका छन् । बैठकमा सदन खुलाउने विषयमा पनि छलफल हुनेछ । कांग्रेसले आफ्ना सांसदसँग एघार बजेपछि छलफल गर्ने कार्यक्रम राखेको छ ।