२२ कार्तिक २०८३, आइतबार

कांग्रेस केन्द्रीय समिति बैठकः सार्थक वार्ताका लागि सरकारसँग स्पष्ट धारणा माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Arjun-Narsing-Kc

 – विमल योगी
काठमाडौं, ४ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मधेसी, थारु लगायत असन्तुष्ट पक्षसँग वार्ता सम्वादका लागि सरकारको स्पष्ट धारणा माग गरेको छ ।

सरकारको ठोस प्रस्ताव विना वार्ता फलदायी हुन नसकेको ठहर गर्दै सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस केन्द्रीय पदाधिकारी बैठकले सार्थक वार्ता तथा निकासका लागि सरकारसँग स्पष्ट धारणा माग गरेको नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।

बैठकपछि नेता केसीले सञ्चारकर्मीसँग भन्नुभयो- ‘सरकार मधेसी मोर्चाबीच वार्ता चलिरहेको छ । मोर्चाले हामीलाई वार्तामा आउनुपर्छ भनेको छ । यस्तो अवस्थामा हामीले सरकारसँग स्पष्ट धारणा ल्याउन माग गरेका छौं । त्यसपछि हामी वार्ताको टेबुलमा बस्छौं ।’

उहाँले तराई मधेसको विषयमा सरकारको स्पष्ट धारणा नआएको बताउनुभयो । बैठकमा कांग्रेसले सरकारको राजनीतिक वार्ता टोलीमा सहभागी नहुने निर्णय गरेको छ । नेता केसीले भन्नुभयो– सरकारी वार्ता टोलीमा सहभागी हुन्नौं, दलीय वार्तामा सहभागी हुन तयार छौं । सबै कुरामा वार्ता छलफल गर्न कांग्रेस तयार छ ।’ उहाँले आफूहरुले कहिल्यै पनि वार्ता बहिष्कार नगर्ने बताउनुभयो ।

यस्तै, कांग्रेसले पुनर्निर्माण प्राधिकरणको अस्थाई जिम्मेवारी राष्ट्रिय योजना आयोगलाई दिने सरकारको निर्णयको स्वागत गर्दै दिर्घकालमा पुरानै विधेयक लागू हुनुपर्ने बताएको छ ।

Arjun-Narsing-Kc-1Congress