२२ कार्तिक २०८३, आइतबार

कांग्रेस पदाधिकारी बैठक सिंहदरबारमा, कांग्रेसले मधेसी मोर्चालाई फकाउन सक्ला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, ४ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्था र मधेसी मोर्चासँगको वार्ता प्रक्रियालगायतका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक बस्दैछ ।

अहिले केही समयपछि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने बैठकमा १३औँ महाधिवेशनको तयारीका विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ । कांग्रेसले आफ्नो महाधिवेशन सफल बनाउन जोडतोडले तयारी गर्दै आएको छ ।

बैठकमा मधेसी मोर्चासँगको वार्ता र उनीहरुका मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुनेछ ।

सत्तारुढ दलहरुले अघिल्लो पटक मधेसी मोर्चासँग गरेको वार्तामा सहभागी नभएको कांग्रेसले त्यसमा पनि समीक्षा गर्ने बुझिएको छ ।

बैठकमा भारतीय नाकाबन्दीपछिको अवस्था र दैनिक आपूर्ति व्यवस्थामा देखिएको संकटका विषयमा पनि कांग्रेसले छलफल गर्नेछ ।

इन्धन र दैनिक उपभोग्य सामाग्रीमा कालोबजारी भएको भन्दै रोक्न माग गरेको कांग्रेसले त्यस विषयमा सरकारलाई कडा चेतावनी दिन सक्ने स्रोतको भनाइ छ ।