काठमाडौं, ४ मंसिर । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले केन्द्रीय परिषदको बैठकको तयारी अन्तिम चरणमा पुराएको छ ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था, सांगठनिक संरचना, भावी रणनीति र समग्र विषयमा छलफल गर्न केन्द्रीय परिषदको बैठक बोलाइएको राप्रपा नेपालका सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
राप्रपा नेपालले मंसिर ६, ७ र ८ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैङ्केटमा परिषद् बैठक गर्दैछ ।
परिषदको उद्घाटन राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधान, परराष्ट्र तथा स्थानीय विकासमन्त्री कमल थापाले गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताउनुभयो ।
राप्रपा नेपालले परिषदको उद्घाटनसत्रको भव्य बनाउन विभिन्न तयारी गरेको छ ।
सरकारमा सहभागी भएको राप्रपा नेपालले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको एजेन्डालाई जोडदार रुपमा उठाउन नसकेको भन्दै कार्यकर्ताहरुबाटै आलोचना हुन थालेको छ ।
सो विषयमा पनि परिषदमा चर्को अवाज उठ्ने स्रोतको दाबी छ । र सांगठनिक बेथितिका विषयमा पनि अगुवा कार्यकर्ताले नेतृत्वको ध्यानाकर्षण गराउने छन् ।












प्रतिक्रिया