२२ कार्तिक २०८३, आइतबार

कांग्रेसका नेताहरु भन्छन्- वर्तमान सङ्क्रमण हटाउन सबै दल एकजुट हुनुपर्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-flag_20150120101556काठमाडौँ, ३ मङ्सिर । नेपाली काँग्रेसका नेताहरूले मुलुकको वर्तमान सङ्क्रमणकालीन अवस्थाको अन्त्यका लागि सरकार र बाहिर रहेका सम्पूर्ण राजनीतिक दलबीच एकता हुनुपर्नेमा जोड दिनुभएको छ ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘वर्तमान सङ्क्रमण र लौहपुरुष गणेशमान’ विषयक अन्तक्र्रियामा नेताले सङ्कटको समयमा एकले अर्कालाई आरोप–प्रत्यारोप लगाउनुभन्दा पनि सबै मिलेर सङ्कट समाधान गर्नुपर्ने धारणा राख्नु भयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् नवीन्द्रराज जोशीले नेपालमा संविधान जारी भएलगत्तै तराईमा भएको बन्द, हडताल र भारतले अघोषितरूपमा गरेको नाकाबन्दीका कारण नेपाली जनताले सास्ती खेप्नुपरेको भन्दै सहमतिबाटै समस्याको समाधान गर्नुपर्ने बताउनुभयो ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका जोशीले वार्ताको माध्यमबाट मधेसी समुदायको जायज मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

समग्र सामाजिक परिवर्तन, समतामूलक राजनीतिक चिन्तनको संरक्षण, सम्वद्र्धन एवम् आत्मीकरणका लागि २०५२ सालमा प्रतिष्ठानको स्थापना गरिएको हो ।

पूर्व सभामुख दमननाथ ढुङ्गानाले भूकम्प र नाकाबन्दीका कारण मुलुक समस्यामा परिरहेको अवस्थामा राष्ट्रिय मेलमिलापको राजनीतिकलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

पूर्वमन्त्री तथा कानुनविद् नीलाम्बर आचार्यले भारतसँगको सम्बन्धलाई कायम राख्दै नाकाबन्दीको समस्या समाधान गर्नुपर्छ भन्नुभयो । पछिल्लो पटक भारतले लगाएको नाकाबन्दीबाट पाठ सिक्दै मुलुकलाई आत्मनिर्भरताको बाटोमा अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।

वरिष्ठ अर्थविद् विश्वम्बर प्याकुरेल र पत्रकार प्रतीक प्रधानले मधेसी समुदायको जायज मागलाई सम्बोधन गरी जतिसक्दो चाँडो समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । रासस