काठमाडौं, ३ मंसिर । नेपालमा फेरि भूकम्प गएको छ ।
सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर विहान १० बजेर ३ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।
राजधानीमा भूकम्पको कडा धक्का महशुस गरिएको थियो । भूकम्पको धक्कापछि राजधानीमा एकछिन भागाभाग भएको छ । यसअघि बुधबार दार्चलालाई केन्द्र बनाएर भूकम्प गएको थियो ।













प्रतिक्रिया